पोखराको मान्द्रेढुंगाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखराको मान्द्रेढुंगाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखरा : पोखराको मान्द्रेढुंगाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ। 

यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुंगाबाट हुनेभएको हो। पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुंगाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ। 

विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। मान्द्रेढुंगा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ। 

प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुंगाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए।

यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ। 

यसअघि पनि मान्द्रेढुंगाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए। मान्द्रेढुंगाबाट हुने उडान पामेमा अवतरण हुनेछ। अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको उनले जानकारी दिए। 

मान्द्रेढुंगाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको छ। 

करिब एक दशकदेखि व्यावसायिक उडान गर्दै आएका प्यारापाइलट माधव तिवारीले नयाँ ठाउँमा सिधैँ उडान गर्दा हावाको वहावको दिशा, उडान सहजता र सुरक्षा अवस्था परीक्षण उडानबाट जानकारी लिइरहेको बताए। 

उनले उक्त स्थानबाट पनि पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने भएकाले साहसिक खेलप्रेमीका लागि निकट भविष्यमै मान्द्रढुंगा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए। 

नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले साविकको स्थानबाट नयाँ स्थानमा आवातजावातमा केही समय बढी लागे पनि मान्द्रेढुंगा  प्याराग्लाइडिङका उत्कृष्ट सुरक्षित र भरपर्दो हुने विश्वास व्यक्त गरे। 

हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन्। त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन्। 

पोखराको प्याराग्लाइडिङमा एक अर्ब बराबरको लगानी रहेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.