लोसपा निर्णय : विश्वासको मत दिने/नदिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई
काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने /नदिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
लोसपाको आइतबार बसेको कार्यकारिणी समिति बैठकले विश्वासको मत दिने नदिने निर्णयको अधिकार पार्टी अध्यक्ष ठाकुरलाई दिएको हो । लोसपामा चार सांसद् छन् ।
लोसपाले मंसिर ४ मा सम्पन्न निर्वाचनमा थ्रेसहोल्ड कटाउन सकेको थिए।
लोसपाले सरकारलाई समर्थन समेत गरेको छैन । मधेशका अधिकार सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने आवाज लोसपाले उठाउँदै आएको छ।
यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। संगठन विस्तारको कामलाई यथाशीघ्र अघि बढाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !