भेरीको पानी सुर्खेत ल्याउने तयारी

भेरीको पानी सुर्खेत ल्याउने तयारी

सुर्खेत : वीरेन्द्रनगरमा खानेपानीको सहज आपूर्ति गर्न भेरी नदीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ। करिब ६ अर्ब रुपैयाँको लगानीमा भेरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा वृद्धि हुनसक्ने जनसंख्यालाई अनुमान गरी खानेपानीको दीर्घकालीन रूपमा सहज आपूर्ति गर्ने लक्ष्यका साथ यो आयोजना निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ।

वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि विज्ञहरूबाट पुनः परामर्श लिने पक्रिया सकिएको छ। 
दुई खण्डमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधी समाप्त भएसँगै आयोजना कार्यान्वयन चरणमा अगाडि बढेको हो। 

जसका लागि बजेटको सुनिश्चिततासमेत भइसकेको छ। संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आर्थिक वर्ष २०७९÷८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलरलागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याइने छ। संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनुपर्ने हुन्छ। कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फन्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९÷०८० मा ५ करोड रुपैयाँ विनियोजन गसिरकेके छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ। भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा पानी ल्याइनेछ। 

पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब १० मिटर गहिरो इन्टेक निर्माण गरिनेछ। त्यसपश्चात इन्टेकदेखि करिब ४ सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइपलाइन विस्तारसँगै अमृत डाडाँमा रिजर्भ ट्याङ्की निर्माण हुनेछन्।  

यस्तै पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ। दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्नराजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ।  पहिलो र दोस्रो चरणका लागि करिब ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सुरु भएको ६ वर्षभित्रमा भेरी नदीको पानी उपत्यकामा ल्याउने तयारी छ। वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण खानेपानी समस्या चुलिँदो छ। 

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको संरचनाले नगरमा पानीको माग पूरा गर्न नसकिने भन्दै आयोजना निर्माणमा ढिलाइ गर्न नहुने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.