संसद परीक्षाको केन्द्र हो: प्रधानमन्त्री प्रचण्ड

संसद परीक्षाको केन्द्र हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको बताएका छन्। 

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताए। 

संसदमा सम्बोधन गर्दै प्रचण्डले भने, 'जनताले असंख्य परिकल्पना गरेका छन्। हामीले विर्सन हुँदैन हामी निरन्तर जनताको निगरानीमा छौँ। हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। जनतासँग गरिएका समृद्धि र सुशासनका प्रतिवद्धता साझा छन्।'

उनले जनताबाट टाढा हुने छुट कसैलाई नभएको बताउँदै भने, 'भर्खरै हामी जनताका बीचबाट आएका हौँ। हामीले जनताका चासो चिन्ताका विषयलाई नजिकबाट नियालेका छौँ। हामीलाई समस्या हल गर्नुको विकल्प छैन।'

फरक पृष्ठभूमिबाट संसदमा प्रतिनिधित्व नै यो संसदको पूँजी रहेको प्रधानमन्त्रीको भनाइ छ। उनले भने, 'तपाइँहरूको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो। तपाइँहरूमा केही गर्ने हुटहुटी छ। त्यो हाम्रो पूँजी हो।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.