बालबालिका पनि पुगे संसद्

बालबालिका पनि पुगे संसद्

प्रतिनिधिसभाको पहिलो बैठकमा लर्निङ रियलम इन्टरनेसनल स्कुल कलंकीका विद्यार्थी पनि उपस्थित रहे। संसद् अभ्यास कसरी हुन्छ ? भन्ने जिज्ञासा मेटाउन ती विद्यार्थीलाई सोमबारको संसद् बैठकमा उपस्थित गराइएको सो विद्यालयका शिक्षक देवकान्त जोशीले बताए। 

नेपाल सरकारले शिक्षाको पाठ्यक्रमअन्तर्गत कक्षा ८ को सामाजिक शिक्षामा राज्य सञ्चालन गर्ने अंगहरूमा समावेश गरेको कुरा वास्तविकमा देखाउँदा विद्यार्थीले सहज रूपमा बुझ्न सक्ने विद्यालयको उद्देश्य रहेको शिक्षक जोशीले बताए। ‘संसद्को वास्तविकता के छ भन्ने किताब पढे जस्तो छ कि छैन ? संसद्मा कसरी सांसद प्रस्तुत हुन्छन् भनेर विद्यार्थीमा जहिले जिज्ञासा हुन्यिथो। एक सय दिनको पढाइलाई मंगलबारको संसद्ले एक दिनमै बुझाइदियो।’ 

संसदीय प्रक्रिया बुझ्नका लागि कक्षा ८, ९ र १० बाट ७ सय ५० मध्ये सबै इच्छुक थिए। तीमध्ये ३० जना विद्यार्थी छानेर विद्यालयले लगेको थियो। शिक्षक जोशीले भने, ‘यसैलाई भनिन्छ व्यावहारिक शिक्षा। राज्य सञ्चालनका विभिन्न अंगमा हामीले जस्तै अन्य विद्यालयले पनि यस्तो प्रयास गर्नुपर्छ।’ उनले आफ्नो आग्रह स्वीकार गरी अवसर दिएकोमा संसद् सचिवालयलाई धन्यवाद दिए। 

कक्षा ९ का विद्यार्थी आराध्य भट्टराईले संसद्मा हुने गतिविधि सुन्न र हेर्न पाएकोमा खुसी व्यक्त गरे। भने, ‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले कसरी कुरा गर्नुभयो ? नयाँ पार्टीहरूलाई पनि सुन्न पायौं। जसले देशको बारेमा थाहा पाउन सजिलो हुन्छ।’ उनले संसद्भित्र र बाहिरको राजनीतिमा फरक पाएको बताए। यसरी संसद्मा प्रवेश पाएर देशको अवस्थाबारे शीर्ष नेताहरूसँग सुन्न पाउनु अवसर भएको बताए। 

बाहिरबाट टेलिभिजन हेरेको राजनीति गतिविधि र संसद्भित्रको अवस्थामा फरक पाएको कक्षा ८ की छात्रा श्रेयाको बताइन्। भनिन्, ‘मैले टेलिभिजनमा हेर्ने गर्थें। दलहरूप्रतिको मतभेद देखिन्थियो तर यहाँ सबै एकजुट भएर देशको विषयमा चिन्ता व्यक्त गरेको मन पर्‍यो।’ 

विद्यालय तहका विद्यार्थीलाई संसद्को काम के हो ? कानुनको निर्माण कसरी हुन्छ ? जस्ता  जानकारी भएमा राजनीतिलाई फोहोरी खेल होइन भन्ने अनुभूति गराउन सकिने शिक्षक लक्ष्मण पाण्डे बताउँछन्। ‘यो स्वच्छ र देशको नीति निर्माण गर्ने तह हो जसको आधारमा देश सञ्चालन गर्ने कानुन निर्माण हुन्छ भन्ने जानकारी गराउनका लागि सांसदको जिम्मेवारीबोध गराउन जनताप्रतिको उत्तरदायी बनाउन के के गर्नुपर्छ ? यी कुरा विद्यार्थीलाई जानकारी होस् भन्ने उद्देश्य हाम्रो हो,’ उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.