जाजकोटका ११४ विद्यार्थीलाई स्वीटर वितरण
जाजरकोट : जाजरकोटका दुईवटा विद्यालयका एक सय १४ जना विद्यार्थीलाई हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलले न्यानो कपडा सहयोग गरेका छन्।
नलगाड नगरपालिका–३ दरा स्थित बालहित प्राथमिक विद्यालयका ५३ र नलगाड–१, ठुलोबगरका ६१ विद्यार्थीलाई डा.कँडेलले स्वीटर दिएका हुन। निःशुल्क स्वीटर पाएपछि बालबालिका दंग परेका छन्। अभिभावक खुसी भएका छन्।
सामाजिक अभियन्ता तथा पत्रकार प्रकाश पन्तको पहलमा विद्यार्थीलाई स्वीटर सहयोग गरिएको हो। दुवै विद्यालयमा पुगेर सहयोगीदाता डा. कँडेलले विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेका छन्।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. कँडेलले छोराछोरीका लागि शिक्षामा बढीभन्दा बढी लगानी गर्न अभिभावकलाई सुझाव दिए।