झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा : झापामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१ निवासी ३३ वर्षीय  सुसाहाङ नेम्वाङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार  साँझ साढे ७ बजेतिर  पूर्व-पश्चिम राजमार्गअन्तरगत मेचीनगर-७ स्थित निन्दा पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । 

पुलमा ठोक्किएको मोटरसाइकललाई पछाडिबाट आएको ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही मोटरसाइकलका चालक नेम्वाङ गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेका नेम्वाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए । यता इलाका प्रहरी कार्यालय धुलाबारीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.