साटिएन भारु नोट

साटिएन भारु नोट

काठमाडौं : प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ थन्किएको आधा दशक बितिसक्यो। तर अझै सटही हुन सकेको छैन। यता भारतीय सुप्रिम कोर्टले गत पुस १८ गते ५ सय र हजार दरका भारु नोट अमौद्रिकीकरण गर्ने तत्कालीन सरकारले गरेको निर्णय सही भएको फैसला सुनायो।

नोटबन्दीविरुद्ध सर्वोच्च अदालतमा दायर भएका ५४ वटा रिटमाथि पाँच न्यायाधीशको इजलासले फैसला सुनाएको थियो। उक्त फैसलापछि नेपालमा भएको भारु नोट सटही नहुने आम बुझाइ छ। तर नेपाल राष्ट्र बैंकले भने प्रणालीमा रहेको भारु नोटबारे भारतलाई जानकारी गराइसकेको र पटकपटक पहल गरेकाले उक्त नोट सटही हुने दाबी गरेको छ। 

यस्तै, अमौद्रिकीकरण भएका सटहीका लागि डेडलाइन कटिसकेपछि पनि सटही भएको उदाहरण दिँदै नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘सुप्रिम कोर्टले भारत सरकारको निर्णय ठीक भनेको हो। तर राष्ट्र बैंकसँग भएका अमौद्रिकीकरण भएका नोट भारतले छापेको उनीहरूकै सम्पत्ति हुन्। उनीहरूले साट्नै पर्ने हो।,’ सरकार, केन्द्रीय बैंक, परराष्ट्र स्तरबाट, मन्त्रीदेखि प्रधानमन्त्री, गभर्नर स्तरबाट पहल भइरहेको र आगामी दिनमा पनि पहल गरेर ती नोट जसरी पनि  सटही हुने उनले विश्वास दिलाए।

करिब डेढ वर्षअघि कतारी केन्द्रीय बैंकले चौथो र पाँचौं संस्करणमा प्रिन्ट भएका मुद्रालाई हटाएको थियो। कतारमा वैदेशिक रोजगारमा गएका नेपालीहरूले उक्त नोट नेपालमा रेमिट्यान्स पठाउने गर्छन्। यसैले पनि यस्ता खालका नोट नेपालको रिजर्भमा थिए। सोही क्रममा उताबाट पठाएको र राष्ट्र बैंकको रिजर्भमा उक्त संस्करणका नोट ३५ मिलियन कतारी रियल स्टक रहेको थियो तर यसको अवधि कटे पनि राष्ट्र बैंकले सटही गरेको सहप्रवक्ता पोखरेलले जानकारी दिए। ‘जबकि  उनीहरूले चलनचल्तीबाट हट्छ भनेर उद्घोष गरेको थियो। तर यस्तो उद्घोष गरेपछिको मितिमा पनि हामीले साट्न सफल भयौं,’ उनले भने।

त्यसकारण भारतको सुप्रिम कोर्डले मुद्रा अमौद्रिकीकरणको निर्णय सही भनेर फैसला गरे पनि हामीसँग भएका ८ करोड १० लाख रुपैयाँबराबरको नोट सटही गर्नेमा ढुक्क हुन अनुरोध गरे। उक्त नोट सटहीका लागि राष्ट्र बैंकको गभर्नरले रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को गभर्नरलाई भन्नदेखि भारत भ्रमणमा गत पुसमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत अनुरोध गर्न भनिएको थियो। यसरी केन्द्रीय बैंकले सटही गर्न प्रयास गरेको छ। भारतीय अदालतले नोट सटही नै नगर्ने भनेको छैन। नोट छाप्ने आरबीआईले छापेको नोट नेपालसँग छ। यो जसरी पनि साटिन्छ। हामी माग गरिरहन्छौं। साटिँदैन भनेर हामी ब्रिकेट बनाउँदैनौं।

केन्द्रीय बैंकसँग भारु ५ सय दरको नोट ३ करोड ४० लाख ७३ हजार ५ सय भारतीय रुपैयाँ केन्द्रीय बैंकको स्टोरमा छ। यस्तै, हजार दरका नोट १ करोड ६५ लाख ५२ हजार भारतीय रुपैयाँ छ। उक्त दुवै दरका नोट गरेर नेपालसँग ५ करोड ६ लाख २५ हजार ५ सय भारु रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले जानकारी दिए। उक्त भारु नोटको इक्विभ्यालेन्ट नेपाली रुपैयाँमा ८ करोड १० लाख ८ सय हुन्छ।  उक्त रकमबराबरको भुक्तानी केन्द्रीय बैंकले गरिसक्यो। यसकारण सो रकमको सटही नपाए मुलुकलाई घाटा हुन्छ।

भारत सरकारले वि.सं २०७३ कात्तिक २३ गते मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न यस्तो प्रतिबन्ध लगाएका थिए। भारतले आफ्नो मुलुकका नागरिककदेखि छिमेकी मुलुक भुटानका नागरिकसँग भएको यस्तो नोटलाई तोकिएको समयभित्र सटही गर्‍यो। तर नेपालको भने आधा दशक हुदाँसम्म पनि कुनै चासो दिइएको छैन।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.