मधेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव दाबी पेश गर्दै

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव दाबी पेश गर्दै

जनकपुरधाम :जनता समाजवादी पार्टीका सरोज कुमार यादवले आज मधेश प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्दैछन् । जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष सरकारको नेतृत्वमा दाबी पेश गर्न लागेका हुन्।

दाबी पेश गरेपछि प्रदेश प्रमुख मिश्रले उनलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्।

प्रदेश प्रमुख मिश्र पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर, त्यसको एक दिन अगाडि नै यादवले नेकपा एमाले, माओवादी केन्द्र,जनमत पार्टीलगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेको एमाले नेता रामचन्द्र मण्डलले जानकारी दिए।

बुधबार सत्तासाझेदार दलहरुको बसेको बैठकले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्ने निर्णय भएको नेता मण्डलले बताए।

सोही निर्णय अनुसार आजै प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न लागेका हुन्।

यादव सत्तासाझेदार दलहरु र स्वतन्त्र सांसदसहितको समर्थनमा दाबी पेश गर्न लागेका हुन। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेश प्रदेशको नेतृत्व जसपा र जनमत दुवै दलले लिनेछन् । 

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ सांसदको समर्थन चाहिन्छ । १०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३,नेपाली कांग्रेस २२,जसपा १६,जनमत १३,लोसपा र माओवादी केन्द्र ९–९,एकीकृत समाजवादी ७,नागरिक उन्मुक्ति पार्टी,राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.