मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेका हुन्। 

प्रदेश प्रमुख मिश्रले आह्वान गरेको समय सीमाभन्दा पहिला जसपाका नेता यादवले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । यादवलाई नेकपा एमाले,माओवादी केन्द्र, जनमत,राप्रपा,नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थनसहित दाबी पेश गरेका हुन् । 

यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन रह्यो । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३,जनमत पार्टीको १३,माओवादी केन्द्रको ७,राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.