विवादले शितगंगाको नगरसभा स्थगित
सन्धिखर्क: शितगंगा नगरपालिकाको १२ औ नगरसभा स्थगित भएको छ। बुधबारको मिति तय भएको नगरसभा नगरपालिकाको पुनर्संरचनाको विषयलाई लिएर दुई पक्षबीचको विवाद बढेपछि नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए।
एक पक्षले भुगोल ठूलो भएकोले पालिकालाई दुई पालिकामा पुनर्संरचना गर्ने विषय नगरसभाको पहिलो एजेन्डा बनाउनु पर्ने र अर्को पक्षले पुनर्संरचना भन्दापनि संविधानमा लेखिए अनुसार विशेष क्षेत्र बनाउने एजेन्डा राख्नु पर्नेमा विवाद भएपछि नगरसभा स्थगित भएको हो।
जिल्लाको दक्षिणमा क्षेत्रको शितगंगा नगरपालिका ६१०.४३ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ।