मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

विराटनगर: प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्।

नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावली १२८ (१) बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। 

मुख्यमन्त्रीले पुस २९ गते ११ बजे विश्वासको मत लिने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

संविधानको धारा १६८ (२) बमोजिम पुस २४ गते एमाले संसदीय दलका नेता कार्की प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६० जना सांसदको समर्थनमा उनी प्रदेश १ को मुख्यमन्त्री बनेका थिए।
 
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई ६० सांसदको समर्थन छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.