कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बेसीसहर : लमजुङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

कर्तव्य ज्यानसम्बन्धी घटना भएको ६ वर्षपछि राईनास नगरपालिका–९, कुडुलेका ४२ वर्षीय बेलराम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय लमजुङले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका गुरुङ र सम्बन्धित घटनाबारे जानकारी दिएको छ। 

गुरुङले मिति २०७४ मसिर ११ गते रातको समयमा सोही ठाउँका हितमान श्रेष्ठको हत्या गरी फरार भएका थिए। घटना लगत्तै फरार रहेका प्रतिवादी गुरुङ चितवनमा लुकिछिपि बसेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए। 

गुरुङलाई चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगरबाट बुधबार नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा परेका गुरुङलाई बुधबार नै लमजुङ जिल्ला अदालतमा पेश गरी पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान सुरु गरेको प्रनाउ श्रीमलले बताए। 

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसूरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेको छ। गुरुङले हत्या स्वीकार गरेको र अदालतको फैसलापछि कारागार पठाइने प्रहरीले जनाएको छ। 

फरार प्रतिवादी पक्राउमा विशेष अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले पुस महिनामा मात्रै २० जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.