दुई मन्त्रीसहित रावलले लिए मुख्यमन्त्रीको सपथ

दुई मन्त्रीसहित रावलले लिए मुख्यमन्त्रीको सपथ

धनगढी : सुदूरपश्चिमका लागि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजना गरिएको एक कार्यक्रमका बीच रावलले पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदहरुको समर्थन आवश्यक पर्छन्। एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना गरी उनलाई २९ जनाको समर्थन रहेको छ। 

रावलसँगै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेका संसदीय दलका उपनेता छाया शर्मा (सन्तोष)ले पनि मन्त्री पदको सपथ लिएका छन्। 

सपथ लिएसँगै मुख्यमन्त्री राजेन्द्र रावलले आजै पदभार पनि ग्रहण गरेका छन्। 

दुई जना विना विभागीय मन्त्री सहित उनले मुख्ममन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगी पदभार ग्रहण गरेका हुन्। रावलले सशासनयुक्त प्रदेश बनाउन आफू लाग्ने बताए। उनले नीतिगत सुधार र सेवाग्राहीको सेवामा पहुँच गर्ने प्रतिवद्धतासहितको पहिलो निर्णय पनि गरेका छन्। मुख्ममन्त्री तथा मन्त्री परिषद्को कार्यालय पुगेका मुख्यमन्त्री रावललाई नेपाल प्रहरीले सलामीसहित स्वागत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.