स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
झापा : झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-१ की ७२ वर्षीया तुलसा दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे गौरादह-१ स्थित नगर अस्पताल मोड नजिकैको सडकमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले दाहाललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नहुँदा बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेर्फर गरिएको थियो।
उनको बीएण्डसीमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको थियो। यता प्रहरीले बस र बस गौरादह(२ बस्ने ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ।