नेलेका अग्नि पीडितलाई आर्थिक सहयोग

नेलेका अग्नि पीडितलाई आर्थिक सहयोग

सोलुखुम्बु: नेलेका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत रकम प्रदान गरेको छ। 

आगलागीबाट पुर्ण रुपमा घर क्षती भएकालाई प्रति परिवार ५० हजार रुपैयाँका दरले चेक प्रदान  गरिएको हो। यो रकम पालिका अध्यक्ष असिम राईसहितको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार घटनामा आंशिक क्षति भएका प्रति परिवारलाई २५ हजारका दरले चेक प्रदान गरिएको छ। पुस ५ गते  मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो। 

घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर पुर्ण रुपमा जलेर क्षति भएको थियो भने प्रनय राईको घरमा आंशिक क्षति भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.