कुलत बाटोबाट जोगाउन ‘हामी स्वयंसेवी अभियान’

कुलत बाटोबाट जोगाउन ‘हामी स्वयंसेवी अभियान’

उदयपुर : किशोर किशोरीलाई कुलत बाटोबाट जोगाउन उदयपुरमा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरिएको छ। 

जिल्लाका सबै विद्यालयलाई समेटने गरी शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अभियान सञ्चालन गरेको हो। 
    

अभियान अन्तर्गत शुक्रबार विद्यालयका प्रधानाध्यापक, नायक शिक्षक र विद्यार्थीलाई अभियानबारे विभिन्न माध्यमबाट प्रशिक्षित गराइएको कार्यक्रम संयोजक उर्मिला आचार्यले बताइन्। 

जिल्लाका ४५ विद्यालयका प्रधानाध्यापक तथा नायक शिक्षकको उपस्थितिमा ‘लागूपदार्थ दुर्व्यसन तथा विपद् व्यवस्थापनमा हामी स्वयंमसेवी’ विषयक कविता प्रतियोगिता र कार्यक्रम निर्देशक रामचन्द्र कोइरालाले कार्यक्रम बारे प्रशिक्षित गराएको उनले बताइन्। 

उनका अनुसार कविता प्रतियोगितामा जनता माध्यमिक विद्यालय देउरीका शोभा कार्की पहिलो, जनज्योति माध्यमिक विद्यालय चुहाडेका सुदिक्षा मगर दोस्रो, पिसजोन बोडिङ स्कुलका आयुस पौडेल तेस्रो र मावि चिसापानी ताप्लिका कोपिला राईले सान्त्वना स्थान हासिल गरे। 

प्रशिक्षणमा विद्यालयस्तरमा गरिने अभियानको काम, कर्तव्य, अधिकार, उद्देश्य र यसको महत्वका विषयमा जानकारी गराइएको आचार्यले बताइन्। 

विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई लागूऔषध तथा विपद् व्यवस्थापनका सवालमा सिर्जनात्मक अभ्यासमार्फत सचेतना जगाउने उद्देश्यले मन्त्रालयले हामी स्वयंसेवी अभियान’ सञ्चालन गर्दै आएको छ। 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विक, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा, रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे। 

चन्चले स्वभावका किशोर किशोरीलाई संरक्षण गर्न निकै गाह्रो हुने भएकाले जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनीहरूले धारणा व्यक्त गरे। 

सहभागिहरूले किशोर किशोरीको यो उमेर गलत बाटोमा हिँड्न सक्ने उमेर भएकाले उनीहरूलाई समाज प्रतिको जिम्मेवार र योग्य नागरिक बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रम संयोजक आचार्यले जिल्लाका सबै माध्यमिक तहका विद्यालयमा अभियान पुर्‍याइने बताइन्। 

विशेषगरी विद्यार्थीमा लागूऔषध र विपद् व्यवस्थापनका विषयमा शैक्षिक जनचेतना जगाउने, नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिककारूपमा समाजमा स्थापित गर्न अभियानबाट मद्दत पुग्ने उनले बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.