त्रियुगा नगरपालिकाले ल्यायो पुरक बजेट

त्रियुगा नगरपालिकाले ल्यायो पुरक बजेट

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षका लागि पुरक बजेट ल्याएको छ। 

नगरपालिकाको १०‌औं नगरसभामा नगर प्रमुख वसन्तकुमार वस्नेतले यस अघि स्वीकृत भई कार्यान्वयनका क्रममा रहेका विभिन्न शीर्षकका विनियोजित बजेट पुनः संशोधन गरी पुरक बजेट प्रस्तुत गरेका हुन्। 

चालु आर्थिक वर्षको अर्धवार्षिक बजेटको संक्षिप्त रूपमा समीक्षा गर्दै प्रमुख बस्नेतले आर्थिक वर्षको मध्यावधि समय भुक्तान भइसक्दासमेत राजश्व बाँडफाँडबाट प्राप्त हुने बजेट सिलिङ र प्रक्षेपण गरेको आन्तरिक श्रोतको रकम संकलन नभएकाले पुरक बजेट ल्याउनु परेको बताए। 

नगरपालिकाको आन्तरिक राजश्वतर्फ १२ करोड ८५ लाख अनुमान गरिएकोमा हालसम्म चार करोड २७ लाख ९६ हजार मात्र संकलन भएको र राजश्व बाँडफाँडबाट १९ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएकोमा अहिलेसम्म चार करोड ७७ लाख मात्र प्राप्त भएको नगरसभामा जानकारी दिइयो। 

यसअघि नवौं नगरसभाबाट पारित कूल एक अर्ब २३ करोड ५३ लाख ३० हजार ४४० रुपैयाँको बजेट तथा कार्यक्रम बजेट अभावका कारण संशोधन गरिएको उनले बताए। 

१०औं नगर सभामा यसअघि पारित गरिएका विभिन्न ३० वटा शीर्षकमा विनियोजन गरिएको तीन करोड ५१ लाख २५ हजार रुपैयाँको संशोधित बजेट तथा कार्यक्रम प्रस्ताव गरिएको नगर उपप्रमुख महेश्वरी राईले बताइन्। 

हालसम्म चालु र पुँजीगत खर्च ४२ प्रतिशत भइसकेको तर संघीय र प्रदेशबाट वित्तीय समानीकरणको बजेट समेत ज्यादै कम प्राप्त भएकाले पूर्व निर्धारित बजेट तथा कार्यक्रमहरू संशोधन गरिएको उनले बताइन्। कार्यक्रममा नगरपालिकाका विभिन्न विधामा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.