जलाधारमा २७० खानेपानी आयोजना

जलाधारमा २७० खानेपानी आयोजना

दैलेख : कर्णाली नदीको जलाधार क्षेत्रमा २ सय ७० वटा खानेपानी आयोजना निर्माण तथा पुनर्निर्माण हुने भएका छन्। कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशअन्तर्गत कर्णाली जलाधार क्षेत्रमा पर्ने आठ जिल्लाका २९ स्थानीय तहमा ती आयोजना निर्माण तथा पुनर्निर्माण हुने भएका हुन्। 

यूएसएआईडीको सहयोगमा सञ्चालित कर्णाली जल परियोजनाले खानेपानी आयोजनाहरू निर्माण गर्नेछ। रारा खत्याड, तिला कर्णाली, मध्यकर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रमा खानेपानी आयोजना निर्माण तथा पुनर्निर्माण हुनेछन्। परियोजनाले ५० वटा बहुउपयोगी खानेपानी आयोजना निर्माण गर्नेछ। यस्तै १० वटा नगरमा नगर सरसफाइ योजना तथा नगर सरसफाइ व्यावसायिक योजना निर्माण गरिने परियोजनाका अनुगमन मूल्यांकन तथा सञ्चार संयोजक चिरञ्जीवी कोइरालाले बताए।

६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण तथा ६ वटा लेदो प्रशोधन केन्द्र सञ्चालन योजना निर्माण बनाइने कोइरालाले बताए। उनका अनुसार परियोजनाले २९ पालिकामा जलउपयोग गुरुयोजना निर्माण र  दुई सय ७० वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी क्षमता विकास गर्नेछ। परियोजना सञ्चालनपछि लिइएको प्रतिफल र नजिताअनुसारका खानेपानी आयोजना निर्माण तथा पुनर्निर्माणलगायतका कामहरू भइरहेको कोइरालाले बताए। उक्त परियोजना कर्णालीका पाँच, सुदूरपश्चिमका दुई र लुम्बिनीका एक जिल्लामा कार्यान्वयन भइरहेको छ। 

सुरक्षित खानेपानी तथा पानीको उत्पादनशील उपयोगको लागि दिगो पहुँचमा वृद्धि गर्ने परियोजनाले लक्ष्य लिएको छ। दिसाजन्य लेदो व्यवस्थापनको माध्ययमबाट सरसफाइको पहुँच र प्रयोगमा अभिवृद्धि, जलस्रोतको दिगो तथा उत्थानशील व्यवस्थापनको लागि सुदृढ सुशासन र जलाधार क्षेत्रको जलजन्य विविधताको संरक्षण गर्ने परियोजनाको लक्ष्य छ। परियोजनाले लैंगिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा पनि काम गर्ने परियोजनाको क्षमता विकास विज्ञ लक्ष्मीचन्द्र महतले बताए। यी लक्ष्य प्राप्तिका लागि झन्डै २५ मिलियन अमेरिकी डलर बजेट लगानी हुने महतले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.