प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर : प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।

प्रदेशसभा सचिवालयमा शनिबार भएको निर्वाचन प्रक्रियाबाट ४६ वर्षीया दनुवार उपसभामुख पदमा निर्वाचित भएकी हुन्। 

निर्वाचनमा उनको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ। निर्वाचनमा सभामुख तटस्थ बसे भने एमाले सांसद उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित रहे। निर्वाचनमा कुल ९० जना प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो। 

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। 

नयाँ बनेको गठबन्धनमा एमाले, माओवादी, राप्रपा र जसपाको गरी जम्मा ६० मत हुन्छ। जसमा सभामुख तटस्थ बसी दुई सांसद अनुपस्थित रहँदा सिर्जना दनुवारले ५७ मत प्राप्त गरेकी हुन्। 

दनुवारको प्रस्तावक माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जा मगर र समर्थक राप्रपाकी सबिजा बजगाईं रहेकी थिइन्। 

त्यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ र विपक्षमा भने ५७ मत खसेको थियो। 

राईको तुलनमा दनुवारको पक्षमा बढी मत खसेपछि सभामुख बाबुराम गौतमले दनुवारलाई विजयी भएको घोषणा गरेका थिए।

उपसभामुखमा निर्वाचित दनुवार प्रदेश १ को उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित सांसद हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.