उदयपुरको त्रियुगामा न्यानो कपडा वितरण
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१० मा अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।
वडा कार्यालयको बजेटबाट वडामा रहेका शारीरिक, मानसिक अपांगता भएका व्यक्ति, एकल महिला, ६० वर्ष माथिका दलित र ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।
तोकिएको मापदण्डअनुसार वडाभित्र रहेका ५ सय ३० जनालाई सिरक वितरण गरिएको उनले बताए। उनले भने, ‘मापदण्ड अनुसार सबैलाई वितरण गरिएको छ, केही छुट्न गएका भए पुनः वितरण गरिने छ।'
जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै नगर प्रमुख वसन्तकुमार बस्नेतले नगरभित्रका नागरिक बचाउनु जनप्रतिनिधिको कर्तव्य भएकाले लक्षित कार्यक्रमबाट खर्च गर्ने गरी न्यानो कपडा वितरण गरिएको बताए।