वारागुङ मुक्तिक्षेत्रका ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण

वारागुङ मुक्तिक्षेत्रका ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरेको छ।

हिउँदयामको मौसममा सम्भावित हिमपात र चिसो थेग्न पालिकाअन्तर्गतका ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ। 

पालिकाले ३४७ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए।

यसअघि लोमान्थाङ गाउँपालिकाले पनि जाडो छल्न बेसी नझरी गाउँमा बसेका ५५० घरधुरीलाई न्यानो कपडा( ज्याकेट) वितरण गरेको थियो।  

उपल्लो मुस्ताङमा बिहान र बेलुकीपख तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १० डिग्रीमा झर्ने गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.