निःशुल्क खुवाइँदै कफी, रुचि बढाउने लक्ष्य

निःशुल्क खुवाइँदै कफी, रुचि बढाउने लक्ष्य

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको त्रिवेणीधाममा निःशुल्क कफी खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ।

अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक कफीको स्वाद चखाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले निःशुल्क कफी खुवाएको हो।

अर्घाखाँची जिल्लामा उत्पादन भएको कफी विदेशका विभिन्न देशमा बिक्री भइरहेको तर जिल्लामा बिक्री कम भएपछि अर्गानिक कफीको प्रचारप्रसार गर्न कफी खुवाउन कफी स्टल मेलामा राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जिल्ला संयोजक रामनाथ पाण्डेले बताए।

अर्घाखाँची जिल्लाका विभिन्न क्षेत्रमा कफी उत्पादन हुने गर्दछ। जिल्लामा वार्षिक १५ मेट्रिक टन कफी उत्पादन हुने गर्दछ।

जिल्लामा उत्पादन भइरहेको कफी, दक्षिण कोरिया, अमेरिका, जापान,लगायतका देशमा बिक्रि बितरण भइरहेको कफी कृषक पुस्करनाथ बन्जाडेले बताए। 

जिल्लाका कफी कृषकहरूलाई बिक्री वितरणका लागि कुनै समस्या नभएको कृषक बन्जाडेको भनाइ छ।

परम्परागत रूपमा अन्नखेतीमा लागेकाहरू पनि पछिल्लो समय कृषकहरू समूह बनाएर व्यबसायिक कफी खेतीमा लागेका छन्। 

शितगंगा नगरपालिका-३ को जन जागृति कृगक समुहमा मात्र १ लाख कफीका बिरुवा छन्। 

अरू खेती छाडेर कृषकहरू कफी खेतीमा लागेको शितगंगा-३ को जनजागृति कफि कृषक समूहका अध्यक्ष मिना भुसालले बताइन्।

पछिल्लो समय अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाका विभिन्न स्थानमा कृषकहरू व्यावसायिक कफी खेतीमा लागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.