बसमा ट्रक ठोकिँदा तीन जना घाइते

बसमा ट्रक ठोकिँदा तीन जना घाइते

भक्तपुर : भक्तपुर नगरपालिका-६ देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँझ भएको दुर्घटनामा तीन जना घाइते भएका छन्। 

पकुनेपाटीबाट देकोचातर्फ आउँदै गरेको बा ५ ख २१९३ नम्बरको निसान ट्रक सोही स्थानमा बाटोको साइडमा रोकी राखेको बा ३ ख २४४४ नम्बरको भाडाको बसमा ठोक्किएको हो। 

दुर्घटना हुँदा निसान ट्रकमा सवार तीन जना घाइते भएका छन्। ट्रक चालक बाँके राप्ती सोनाली -१ घर भई हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २४ वर्षीय नरेश बाठाको डा. इवामुरा अस्पतालमा उपचार भई भक्तपुर इन्टरनेश्नल अस्पताल कौशलटार रिफर गरिएको जिल्ला पहरी परिसर भक्तपुरका सुचना अधिकृत राजु पाण्डेले जानकारी गराए। 

सहचालक रोल्पा रुम्तीगढी गाउँपालिका-८ घर भई हाल काभ्रेको बासडोल बस्ने २३ वर्षीय कमल रोक्का मगर भक्तपुर अस्पतालमा उपचार भइरहको पाण्डेले बताए। 

दुवै सवारी साधन ग्यारेजमा लग‍िएको छ। बस चालक भक्तपुर-६ डेकोचा बस्ने ३७ वर्षीय दिनेश बारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.