हवाई सुरक्षामा कहिले जिम्मेवार बन्ने ?

हवाई सुरक्षामा कहिले जिम्मेवार बन्ने ?

यसै त नेपाली आकाश असुरक्षित भनेर ‘प्रचार’ गरिन्छ। त्यसमाथि बर्सेनि ‘शृंखलाबद्ध’ हवाई दुर्घटना। हवाई दुर्घटना न्यूनीकरण हुनुको सट्टा बढ्दै गएपछि मुलुकको हवाई क्षेत्रमाथिको प्रश्न मेटिने कुरै भएन। युरोपेली युनियन (ईयू) ले नेपाललाई ‘कालोसूची’ बाट हटाएको छैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ‘असुरक्षित’ भनिरहेकै छ। 

विज्ञहरूका अनुसार मानवीय त्रुटि, भौगोलिक वनावट, प्रतिकूल मौसम, पर्याप्त सूचनाको कमी, पुराना जहाजमा आधुनिक उपकरणको जडान नहुनु हवाई दुर्घटनाका मुख्य कारण हुन्। तर यस विषयमा न त सरकारले प्रभावकारी अनुगमन गर्छ, न त विज्ञहरूका सुझाव कार्यान्वयनमा निजी हवाई कम्पनी नै अघि सर्छन्। उल्टै निजी कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा र पुराना जहाजको बाहुल्यका कारण पनि दुर्घटनाको ‘रेसियो’ बढेको बढ्यै छ।  जस्तोसुकै प्रतिकूल मौसममा पनि जहाज उडाउन प्रेसर दिने, उडान सम्पादन कार्यको संवेदनशीलता र चुनौतीलाई ध्यान नदिने गलत चलन छ।

अर्काेतर्फ मुलुकको भौगोलिक वनावट र  मौसमसम्बन्धी पर्याप्त जानकारी दिने संयन्त्रको अभाव छ। उड्ने ठाउँ र जहाज ओर्लने ठाउँको मौसम राम्रो भएको भरमा जहाज उड्ने गरेको विज्ञहरू बताउँछन्। त्यसो हुँदा बाटोमा हुने मौसमको गडबडीले पनि हवाई दुर्घटना हुने गरेका छन्। 

प्रत्येक हवाई दुर्घटनापछि सरकारले एउटा छानबिन समिति बनाउँछ। प्रायः सबैको  एउटै निष्कर्ष आउँछ– दुर्घटनाको मुख्य कारण ‘मानवीय त्रुटि’। अर्थात्, मृतक ‘पाइलट’को टाउकोमा दोषको भारी बोकाइन्छ र दुर्घटनालाई सामसुम पारिन्छ। तर पाइलटको कार्यक्षमता, कार्यकुशलता, स्मरण शक्ति, सजगता आदि गुण तथा घरायसी परिवेशदेखि कार्यस्थलको कार्यशैलीमा सुधार गर्नेतर्फ ध्यान दिइँदैन। अध्ययन प्रतिवेदन न त सम्बन्धित हवाई कम्पनीसम्म पुग्छन्, न त त्यसमा दिइएका सुझावलाई कार्यान्वयनतिर कसैको चासो रहन्छ। समयमा जहाजको मर्मत सम्भार गर्नुपर्ने, प्राविधिक चेकजाँच गर्नुपर्ने, आधुनिक प्रविधिको जडान गर्नुपर्नेलगायत प्रतिवेदनमा दिइने सुझावहरू दराजमा बन्द हुन्छन्।

दुःखका साथ भन्नुपर्छ– अर्को कुनै दुर्घटना भएपछि मात्रै धुलो टक्टक्याउँदै प्रतिवेदन खोलिन्छन र फेरि दराजमै थन्क्याउने प्रचलन छ। यसैकारण पनि हवाई दुर्घटना न्यूनीकरण हुन सकेको छैन। हरेक हवाई दुर्घटनापछि केही दिने हुने ‘बहस र चासो’लाई कार्यान्वयनमा लगेर हवाई सेवा सुरक्षित बनाउनेतिर सम्बन्धित निकायको ध्यान जाओस्। विश्वमै सबैभन्दा सुरक्षित मानिने हवाई सेवा हाम्रा लागि पनि ‘सुरक्षित, भरपर्दो र विश्वासिलो’ बनोस्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.