विमान दुर्घटनाको शोकमा मधेश प्रदेश सभामुखको मतदान स्थगित

विमान दुर्घटनाको शोकमा मधेश प्रदेश सभामुखको मतदान स्थगित

जनकपुरधाम: मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ ।  पोखरामा भएको विमान दुर्घटनाको शोकमा सरकारले सार्वजनिक विदा दिएकाले मधेश प्रदेश सभाको बैठक  स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सांसदलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ ।

आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरुलाई पठाइएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुने सचिवालयले एसएमएस मार्फत् जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.