पुस्तकमा पहाडै पहाड पूर्व–पश्चिम

पुस्तकमा पहाडै पहाड पूर्व–पश्चिम

इलाम : सुदूर पूर्वमा बसेर सञ्चारकर्म गरिरहेका पत्रकार गिरिराज बाँस्कोटाले पाँचथरको याङ्वरक गाउँपालिकाको चिवाभज्याङदेखि बैतडीको झुलाघाटसम्म यात्रा गरे। मन मिल्ने साथीहरूको समूह बनाएर यात्रामा निस्केका उनले २६ जिल्लाको यात्रा गरेर तयार पारे ‘कञ्चनजङ्घाको काखबाट’ नामक देश चिनाउने पुस्तक। 

पुष्पलाल (मध्य पहाडी) लोकमार्ग छेउछाउका गाउँहरू डुलेका उनले त्यहाँको जनजीवनलाई पुस्तकमा समेटेका छन्। एक हजार आठ सय ७९ किलोमिटर मोटरसाइकलमायात्रा गरेका उनले पहाडको रहनसहनलाई दुरुस्त उतार्ने प्रयास गरेका छन्। ‘देश हेर्ने हुटहुटीले कठिन यात्रामा हिंडायो, पुस्तक हातमा आउँदा खुसी लागेको छ’, उनी भन्छन्।

१६ पुस २०७६ देखि लोकमार्ग पछ्याउँदै पहाडै पहाड पूर्व–पश्चिम ‘नेपाल–यात्रा’मा निस्केका उनले पुस्तकमा यात्रा भरका वृतान्त मात्रै दिएका छैनन्, नेपाली गाउँहरूमा लुकेर बसेका पर्यटकीय, धार्मिक, साँस्कृतिक, प्राकृतिक निधिहरूलाई पनि कलात्मक रुपमा प्रस्तुत गरेका छन्।

‘मध्यान्ह पाँचथरको फिदिमबाट यात्रा प्रारम्भ भयो। नेपाल–यात्रा नामाकरण गरिएको यात्रा सुरु गर्दा एक किसिमको उत्साह थियो भने अर्कोतर्फ केही अलमलहरू पनि थिए’, पुस्तकको प्रारम्भतिर लेखक बाँस्कोटाले उल्लेख गरेका छन्। दलका युवा नेता, समाजिक अगुवा, पत्रकारसहित ११ जनाको समूहले देश दर्शनको त्यो यात्रामा सहभागिता जनाएका थिए। 

पुस्तकमा तेह्रथुम फेदाप–२ को जोगीगाउँको कथादेखि इलामको सन्दकपुर गाउँपालिकाको माइपोखरी र आसपासका होमस्टेका रमाइला कथाहरू बुनिएको छ। 

तेह्रथुमको ढाकादेखि धनकुटा हिलेको तोङ्वा सुकुटीले पुस्तकमा ठाउँ पाएका छन्। भोजपुरको होमस्टे, खोटाङको हलेसीधाम, सिन्धुपाल्चोकको सुन्दरतासहितका सामग्री पुस्तकमा अटाएका छन्। उनले गोरखा, पोखरा, बागलुङको बुर्तिबाङलगायतका हिउँ र हिलाम्य सडकका व्यथालाई पनि पुस्तकमा स्थान दिएका छन्। 

पुस्तकको आवरण कथा ‘कञ्चनजङ्घाको काखबाट’ झनै रोचक छ। लाग्छ उनले कञ्चनजंघाको काखमै बसेर त्यो शब्द चित्र उतारेका हुन्। एक सय ६४ पृष्ठको पुस्तकमा समेटिएका २० यात्रा कथाले पहाडको पर्यटकीय सम्भावनालाई समेत बोकेको छ। पुस्तकको मूल्य पाँच सय ९५ रुपयाँ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.