बागमती प्रदेशको उपसभामुखमा चापागाईं निर्वाचित
हेटौंडा: बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी प्रदेश सभा सदस्य अप्सरा चापागाईं निर्वाचित भएकी छन्। सोमबारको प्रदेशसभा बैठकमा मत विभाजन गर्दा ६१ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। उनको बिपक्षमा ३९ मत थियो भने ७ जना प्रदेश सभा सदस्य तठस्त बसेका थिए। मतदानमा १०८ जना प्रदेश सभा सदस्य उपस्थित थिए।
सभामुख भुवन पाठकबाहेक १०७ सांसद मतविभाजन प्रक्रियामा सहभागी भएका थिए। चापागाईंको पक्षमा परेको ६१ मत तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो। उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी थिइन्। उनलाई माओवादी केन्द्र, एमाले, राप्रपा र हाम्रो नेपाली पार्टीको साथ थियो।
उपसभामुखका उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेको पक्षमा ३ मत मात्र पर्यो। विपक्षमा ६१ र ४३ सांसद तठस्थ बसेका थिए। दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवार सुना परियारको प्रस्ताव निर्णायार्थ पेस नै भएन।
प्रतिक्रिया दिनुहोस !
८