लुक्ला विमानस्थलबाट एक वर्षमा एक लाख बढीले लिए हवाई सेवा

लुक्ला विमानस्थलबाट एक वर्षमा एक लाख बढीले लिए हवाई सेवा

सोलुखुम्बु : सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा एक वर्षभित्र एक लाख बढीले हवाई सेवा लिएका छन्। पर्यटकीय विमानस्थल लुक्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म १ लाख १ हजार ५ सय १ जनाले हवाई सेवा लिएका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। 

जसमा ४१ हजार १ सय १८ जना भित्रिएका छन् भने ६० हजार ३ सय ८३ जना बाहिरिएको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिए। सो अवधिमा १३ हजार ८ सय ४५ पटक उडान तथा अवतरण भएको प्राधिकरणको तथ्यांकमा छ। बढी जसो उडान तथा अवतरण जहाजको र केही मात्रामा हेलिकप्टरको पनि रहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए। 

लुक्लाबाट एक वर्षभित्र ८ लाख ८९ हजार ४२९ किलो कार्गो रामेछापको मन्थली र काठमाडौं ढुवानी गरिएको छ भने ७ लाख २६ हजार ३२१ किलो कार्गो भित्रिएको प्राधिकरणले जनाएको छ। ढुवानी गरिएको कार्गो सामाग्रीहरुमा राशन, तरकारी, निर्माण सामाग्री, पर्यटकहरुको क्याम्पीङ, कपडा लगायतका रहेको बताइएको छ। 

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भ्रमणका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरुले यस विमानस्थल प्रयोग गर्दछन्। रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा लुक्ला पर्दछ। लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्ने जानकारहरु बताउँछन्। यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो।

वि.स. २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरूकै नामबाट विमानस्थलको नामाकरण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.