घुससहित इञ्जिनियर पक्राउ
राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ परेका छन्।
उनलाई कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो। निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले इञ्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
घुस लिइसकेको अवस्थामा पक्राउ परेका इन्जिनियर साहमाथि थप अनुसन्धान भइरहेको भण्डारीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
४