रिक्सा व्यवस्थापन गर्न मजदूरको माग

रिक्सा व्यवस्थापन गर्न मजदूरको माग

जनकपुरधाम: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई-रिक्सा ईकाई कमिटी जनकपुरले रिक्सा व्यवस्थापनको माग गरेको छ। बिना मापदण्ड सञ्चालन गरिएको भन्दै मजदूर संगठनले स्थानीय निकायले माग सम्बोधन नगरे आन्दोलनको चेतावनी दिएको छ।

ई–रिक्सा ईकाई कमिटी धनुषाका अध्यक्ष रमेश कुमार झाले पत्रकार सम्मेलनमा भने, ‘चार वर्षमा ई–रिक्सा व्यवस्थापनमा उप–महानगरपालिकाले समस्या समाधानमा कहिल्यै गम्भीर बनेन।’ उनले तराईकै अरु ठाउँमा मापदण्ड बनाएर सञ्चालन भएको उनले सुनाए। स्थानीय सरकारले रुट र संख्या निर्धारण गरी करको दर तोक्नुपर्ने उनीहरूको माग छ।

ई–रिक्सा ईकाई कमिटी धनुषाका प्रवक्ता वीरेन्द्र कुमार महतोले जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा दर्ता गरेर व्यवस्थापनको जिम्मा भएकोले यथाशिघ्र काम सुचारु गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.