दृष्टिदातालाई नमन

दृष्टिदातालाई नमन

आँखामा हुने मोतीबिन्दुकै कारण धेरैले दृष्टि गुमाउँछन्। उपचार गरे दृष्टि फर्किन्छ। तर पैसा र पहुँचकै अभावमा हजारौं नेपालीले दृष्टि गुमाउनुपर्छ। त्यसमा क्रान्तिकारी परिवर्तन नेपालमा भएको छ, थुप्रै नेपालीले अचेल सरल, सहज र सुलभ आँखा उपचारमात्रै होइन दृष्टि पाएका छन्। त्यसैले त मोतीबिन्दुका कारण अन्धोपन भएको जनसंख्या शून्य दशमलव ८ बाट घटेर शून्य दशमलव ३ भएको छ।

गएको ४० वर्षयताको यो उपलब्धिमा सबैभन्दा धेरै जस कसैलाई दिनुपर्छ भने त्यो नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलाई नै दिनुपर्छ। नेपालमा मात्रै नभएर विश्वमै अन्धोपन निवारणमा डा. रुइतले अतुलनीय योगदान पुर्‍याएका छन्। मानवताका खातिर उनले पुर्‍याएको योगदानकै कदरस्वरूप बहराइनको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले डा. रुइतलाई अवार्ड घोषणा गरेको छ। १३ करोड रुपैयाँभन्दा धेरै राशिको यो पुरस्कारले वास्तवमा व्यक्तिगत रूपमा डा.रुइतलाई मात्रै होइन उनैले भनेझै सिंगो नेपाललाई नै विश्व मानचित्रमा सम्मान दिएको छ। 

डा. रुइतले मोतीबिन्दुको शल्यक्रियामा जुन सरल विधि विकास गरे त्यसलाई विकासमात्रै नभनेर क्रान्ति नै मान्नुपर्छ। उनैले विकास गरेको इन्ट्राअकुलर लेन्स आज नेपालले विदेश निर्यात गर्छ। त्यसबाट लाखौं लाखले दृष्टि पाएका छन्। डा.रुइत स्वयंले लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरी दृष्टि दिएका छन्, त्यो पनि नेपालभित्रमात्रै होइन, भुटान, बंगलादेश, कम्बोडिया, भारत, म्यान्मार, इन्डोनेसिया, उत्तरकोरिया हुँदै थुप्रै अफ्रिकी मुलुकमा पनि। 

डा. रुइतको योगदान नेपाल र नेपालीका मात्रै नभएर विश्व मानवकल्याणका लागि छ। यो यथार्थको मूल्यांकन स्वरूप बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्ड उनको पोल्टामा परेको हुनुपर्छ। जबकि विश्व स्वास्थ्य संगठन फाउन्डेसनजस्ता संस्था संक्षिप्त सूचीमा पर्दासमेत उनै रुइत पुरस्कार लागि योग्य ठहरिए। डा. रुइतले प्राप्त गरेको अवार्ड उनले जीवनभरको तपस्याको प्रतिफल नै हो। उनले गरिबतम मुलुक नेपालमा बसेर यहाँको आँखा उपचार विधिलाई उकासे। नेपालमै बसेर विश्वलाई नै योगदान गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरे। आफूमात्रै पुरस्कृत भएनन्, मुलुकलाई पुरस्कृत गरे।

यस्ता नेपालीपुत्रलाई लाखलाख नमन। बरु नेपाल राज्यले डा. रुइतको प्रतिभा र योगदानको खास कदर गरेको छैन। जे जति प्रतिष्ठा आर्जन गरेका छन्, त्यो नागरिकहरूले गरेको सम्मान हो। सरकारले उनीसँग सहकार्य गर्दै सबै नेपालीलाई आँखा सेवाको सरल पहुँच पुर्‍याउने उनको लक्ष्य हासिलका लागि योगदान गर्न ढिला गर्नु हुँदैन।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.