कुरूप बन्दै बुलबुले ताल

कुरूप बन्दै बुलबुले ताल

सुर्खेत : सुर्खेतको पर्यटकीय स्थल बुलबुले ताल संरक्षणको अभावक कुरूप बन्न थालेको छ। तालको भू–भाग अहिले घाँसे मैदानमा परिणत भएको छ। विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भू–बनोटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण बुलबुले ताल नै नरहने अवस्थामा पुगेको हो।

गत आर्थिक वर्षमा बुलबुले तालमा डोजरको प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो। तालको विस्तारसँगै तालमा रहेको पानी जमिनमुनिबाट छिरेर बाहिर बग्यो। अहिले यो ताल दिनानुदिन कुरूप बन्दै गएको छ। स्थानीय वसन्ती खनालले भनिन्, ‘वीरेन्द्रनगर नगरपालिकाले ताल बनाउने नाममा तालकै विनाश गरेको छ। झन्डै १५ वर्ष पहिले हामी सुर्खेत आउँदा देखेको ताल सुन्दर थियो। अहिले त कुरूप बनेछ। यो देख्दा कति मन रुन्छ।’

ताल विस्तार गर्ने नाममा नगरपालिकाले तालमा डोजर लगाएर घाँसे मैदान बनाएको स्थानीयको आरोप छ। तत्काल यसको संरक्षण नगरिए ताल नै हराउने उनीहरूको चिन्ता छ। तालको क्षेत्र विस्तार गर्ने योजनाले पनि पूर्णता पाउन सकेको छैन। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले तालमा पानी जम्मा नहुने समस्या आएपछि आफूहरू पनि यसप्रति चिन्तित रहेको बताए। उनले भने, ‘बुलबुले संरक्षणका लागि सुर्खेतस्थित जलाधार कार्यालयले ठेक्का प्रक्रिया गर्दैछ, नगरपालिकाले प्राविधिक खटाएर समस्याको पहिचान गर्ने काम गरेको छ।’

तालमा जम्मा भएको पानी जमिनमुनि छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी कामहरू अघि बढाइने नगरपालिकाले जनाएको छ। यसै वर्ष ताललाई हेर्न लायक ताल बनाउने योजना नगरपालिकाको छ। उपत्यका नगर विकास समितिका सदस्य सचिवसमेत रहेका तिवारीले ताल क्षेत्रको सरसफाइलगायत व्यवस्थापनका कामहरू पनि भइरहेको बताए। 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले बुलबुले संरक्षणको कामका लागि आफ्नो कार्यालयबाट ५० लाख बजेट रहेको जानकारी दिए। नगर विकास समितिले तालको उत्थानका लागि गुरुयोजना बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.