एभीयाक्सआरजी शिखर सम्मेलन सम्पन्न

काठमाडौं : एभीएक्सआरजी क्रिएटिभ सर्भिसेस प्राइभेट लिमिटेडले बिहीबार बानेश्वरस्थित एभरेष्ट होटलमा 'करियर अपरच्यूनिटी इन मिडिया एण्ड इन्टरटेनमेन्ट सेक्टर' विषयक कार्यक्रम आयोजना गरेको छ।
मिडिया र मनोरन्जन क्षेत्रमा विद्यार्थीको चेतना अभिवृद्धि गर्ने र विद्यार्थीका लागि रोजगारीका अवसरहरू प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा एनसीआईटी, एडभान्स कलेज अफ इन्जिनियरिङ, हिमालयन कलेज अफ इन्जिनियरिङ, पुल्चोक कलेज, आइओई, केईसी, कालीमाटी, केईसी, धापाखेल र ट्रिनिटी कलेजका विद्यार्थी, प्राध्यापक लगाएत भारत र क्यानडाका वक्ता र विशेष अतिथिहरूको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एभीएक्सआरजीका निर्देशक अशोक कुमारले नेपालमा कृषि र पर्यटन बाहेक एनिमेसन क्षेत्रमा रोजगारीको प्रशस्त अवसर रहेको बताए।
एभीएक्सआरजीले नेपाल भित्र र बाहिर सशुल्क इन्टर्नसिप उपलब्ध गराउने र एनिमेसनलाई न्युन शुल्कमा प्रयोगकर्तामैत्री बनाउने योजना बनाएको बताए।
साथै, एभीएक्सआरजीले नेपालका प्रत्येक प्रदेशमा दुई सय जनालाई रोजगारीको अवसर प्रदान गर्ने र आगामी मार्च ८ अर्थात् नारी दिवसको अवसरमा एउटा महिला एनिमेसन स्टुडियो खोल्ने योजना बनाएको पनि उनले बताए।
त्यसैगरी प्रमुख अतिथि प्रा डा सुवर्ण शाक्यले नेपालका विश्वविद्यालयहरूले विद्यार्थीलाई कसरी पढाउने भन्नेमा मात्र केन्द्रित हुनुभन्दा विद्यार्थीका लागि रोजगारी सिर्जना गर्ने उपायबारे सोच्नुपर्ने बताए।
कार्यक्रमको पहिलो सत्रमा भारतको बैंगलोरस्थित प्रिसाइज क्रिएटिभ स्टुडियो प्रालिका सीईओ एन सरथकुमार र हाइब्रिड थ्री सिक्स्टि आर्ट टेक प्रालि, चेन्नाईका निर्देशक, भी हरिहरनले 'इमेर्जिंग ट्रेन्ड्स इन भीएफएक्स'मा प्रस्तुति दिएका थिए।
दोस्रो सत्रमा टुन्ज मिडिया ग्रुप, भारतको शिक्षा सेवाका शैक्षिक र प्रशिक्षण प्रमुख विनोदले 'लाइभ डेमो इन एनिमेसन फिल्म मेकिंगस् स्क्रिप्ट टू स्क्रिन प्रोसेसमा' प्रस्तुति दिए।
तेस्रो सत्रमा कार्यक्रमका विशेष अतिथि र बिजनेस डेभलपमेन्ट टुन बुम एनिमेसन, क्यानडाका निर्देशक डेनियल सान्तोसले 'डिजिटल टु डी एनीमेसन युजिंग टुन बुम हार्मनी' मा आफ्नो प्रस्तुतीकरण दिए।
त्यसैगरी चौथो सत्रमा भारतको नयाँ दिल्लीमा रहेको मिडिया एण्ड इन्टरटेनमेन्ट स्किल्स काउन्सिलका प्रमुख कार्यकारी अधिकृत मोहित सोनीले 'भेरिएस अपरटुनिटिज बाइ एमइएससी फर इस्टुडेन्ट्स इन नेपाल' बारे प्रस्तुति दिए।
अन्तिम भर्चुअल सत्रमा चैतन्य चिन्चिलकरले 'करियर अपरटुनिटिज इन मिडिया एंड इन्टरटेनमेन्ट' मा प्रस्तुति दिए।
प्रतिक्रिया दिनुहोस !
