मालपोतका कारोबार ‘क्यासलेस’, सेवा प्रवाह प्रभावकारी बन्दै

मालपोतका कारोबार ‘क्यासलेस’, सेवा प्रवाह प्रभावकारी बन्दै

ओखलढुंगाः कुनै बेला मालपोत कार्यालय ओखलढुंगाका फाँटमा कर्मचारी लेखापढी कानुन व्यवसायी र सेवाग्राहीको भीड हुन्थ्यो। 

को कर्मचारी र को सेवाग्राही पहिचान गर्न कठिन मात्रै हुँदैनथ्यो सामान्य कामसमेत दिनभरी कुरेर पनि पार लाग्दैनथ्यो। अर्कातर कर्मचारीले अतिरिक्त रकम नदिए समयमा काम नगरिदिने गुनासो दैनिक आइरहन्थ्यो। 

यस्तै विषयमा अघिल्ला कार्यालय प्रमुखमाथि हातपातै भएको थियो। तर, अहिले मालपोतको सेवा प्रवाहको शैली पुरै फेरिएको छ। फाँटमा कर्मचारी मात्रै हुन्छन्। के सेवा हो, त्यससम्बन्धी फाँटको झ्यालमा सेवाग्राहीलाई सेवा दिन कर्मचारी डेक्स बनाएरै बसेका छन्। सहजीकरण गर्ने लेखापढी कानुन व्यवसायीलाई पनि फाँटमा अभिलेख खोज्न र भिडाउन दिइदैन। 

सबै कर्मचारीले गरिदिन्छन्। चालु आर्थिक वर्षदेखि नै मातपोतमा पैसाको कारोबार हुँदैन। राजश्व बैंक खातामा जम्मा गरेको भौचर लगेपछि रसिद काटिन्छ। 

कामका सिलसिलामा पालो पर्खिदा सेवाग्राहीका लागि सम्बन्धित फाँटको झ्याल अघि बस्ने व्यवस्था मिलाइएको छ। यो व्यवस्थापनले मालपोत कार्यालयले दिने सेवा र कर्मचारीलाई हेरिने दृष्टिकोषमा समेत फरक भएको पाइएको सेवाग्राही बताउँछन्। 

मालपोत कार्यालय ओखलढुंगामा २०७९ साउन १ गतेदेखि जग्गा कारोबारको सेवा प्रवाह फेरिएको छ। कार्यालयमा तिर्नु पर्ने राजश्वसमेत राजश्व खातामा जम्मा गरेर भौचर मात्रै कार्यालयमा पेश गर्ने व्यवस्थाले कार्यालयको सेवा क्यासलेस भएको छ। 

विगतमा सुनिएको मालपोतले दिने सेवा सम्बन्धी टिप्पणी अहिले आफैं आएर लिँदा धेरै फरक भएको लिखु गाउँपालिका ९ का सेवाग्राही गणेश गौतमले बताए।  

पहिले हातले लेख्नुपर्ने लिखत भूसेवा केन्द्रबाट अनलाइन प्रणालीमा गरिन्छ भने भूसेवा सञ्चालकहरूले पनि सेवाग्राहीलाई कार्यालयमा समन्वय गर्न सहजीकरण गर्ने काम गर्दै आएका छन्। 

अनलाइन प्रणाली र क्यास लेस पद्धतिले पारदर्शिता र छिटोछरितो कार्य सम्पादनमा सहयोग पुगेको भूसेवा सञ्चालक तथा लेखापढी कानुन व्यवसायी एसोसिएसन ओखलढुंगाका अध्यक्ष विमलादेबी निरौलाको भनाइ छ।  

कार्यालयले विचौलियालाई निषेध गरेको छ भने कर्मचारीहरूले सेवाग्राहीबाट अतिरिक्त रकम लिने गुनासो आएमा सम्बन्धित कर्मचारी जवाफदेही हुन निर्देशनसमेत जारी गरेको छ। 

क्यासलेस पद्धतिले सुशासन, पारदर्शिता र छिटो छरितो सेवा प्रवाहमा योगदान पुगेको मालपोत कार्यालय ओखलढुंगाका प्रमुख निरकुमार ढुंगानाले बताए।  

कर्मचारीबाट अनियमितताको कुनै काम भएमा सिधैं प्रशासन कार्यालयसँग समन्वय गरेर कारबाही गरिने कार्यालय प्रमुख ढुंगानाको भनाइ छ। 

विगतमा काममा ढिलासुस्ती र घूस नभइ काम हुँदैन भन्ने भास्य निर्माण भएको मालपोतको सेवालाई सुधार गर्न अहिले थालिएको पहललाई व्यवस्थित गर्दै निरन्तरता दिने हो भने सुशासन कायम गर्न मालपोत कार्यालय नै उदाहरण बन्न सक्ने सरोकारवालाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.