मोतियाविन्दुका ९२ जना बरामीको निःशुल्क शल्यक्रिया

मोतियाविन्दुका ९२ जना बरामीको निःशुल्क शल्यक्रिया

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालले दुई दिनमा ९२ जनाको निःशुल्क शल्यक्रिया गरेको छ । नेपाल नेत्र ज्योति संघको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा आयोजित शिविरमा फेला परेका मोतियाविन्दुका १ सय ४४ जना बिरामीमध्ये ९२ जनाले शल्यक्रिया सेवा लिएका हुन् । बाँकी बिरामीको अप्रेसनको समयमा सुगर, प्रेसर लगायतका समस्या देखिएकाले तत्कालका लागि रोकिएको अध्यक्ष भागवत राउतले बताए । 

उनीहरुलाई अन्य समस्या समाधान भएपछि अप्रेसन गरिने उनले बताए । अधिकांश आँखा रोगीका बिरामी जेष्ठनागरिक भएकाले उनीहरुलाई आर्थिक व्यवहार नहुने गरी सहयोगी निकायसँग समन्वय गरी निःशुल्क सेवा प्रदान गरिएको अध्यक्ष राउतको भनाइ छ । 

निःशुल्क शल्यक्रियाका लागि उदयपुर घर भइ कतार कर्मथलो बनाएका दोहाकतार दाजुभाई समुहले ५० जना, हङ्कङका डिकनारायण राईले ५ जना, रियाज राउतले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर दुई जना र आफ्नो बुवाको स्मृतिमा आयुश दहालले १ जनाको खर्च व्यहोरेको उपसभापति कृष्णकुमार भण्डारीले बताए । 

अप्रेसन गरेका बिरामीको आँखाको पट्टी खोल्दै प्रदेश १ का उपसभामुख सृजना दनुवार ।

बाँकी बिरामीको खर्चका लागि अन्य निकायसँग समन्वय भइरहेको उनले बताए । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा डाक्टर पुष्पा गिरीको नेतृत्वमा रहेको समुहले दुई दिन लगाएर शल्यक्रिया गरेको हो । 

शल्यक्रिया गरेका बिरामीको आँखाको पट्टी खोल्दै १ नम्बर प्रदेशका उपसभामुख सृजना दनुवारले दुरदराजमा रहेका बिरामीलाई विभिन्न माध्यमबाट निरन्तर सेवा पुर्याउन आग्रह गरिन् । उनले भनिन्, ‘नाफामुखीभन्दा पनि सेवाको भावनाले उपचार सेवा प्रभावकारी बनाउन सके सामान्य नागरिकको पनि पहुँच पुग्न सक्छ ।'

संविधानले स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था गरे पनि कार्यन्वयन तहमा त्यस्तो नदेखिएकाले जनताको स्वास्थ्य सेवामा पहुँच नपुगेको बताइन् । उपसभामुख दनुवारले भनिन्, ‘दुरदराजमा पुगेर विपन्न परिवारलाई शिविरमार्फत सेवा प्रवाह गरी आँखाको ज्योति दिन सके मेरो सरकार छ भन्ने जनतामा विश्वास बढ्न सक्छ ।'

उपसभामुख दनुवारसँगै दाजुभाई समुहका प्रतिनिधि गोविन्द भट्टराई, डिकनारायण राईका प्रतिनिधि सावित्रा राई, जन्मदिन मनाएका रियाज राउतले बिरामीको आँखाको पट्टी खोलिदिएका थिए । राईले अस्पताल परिसरमा रहेको चमेनागृह जानका लागि आफ्नै लगानीमा सेल्फीपुल निर्माण गरिदिएकी छन्।  

सभापति राउतका अनुसार २०७८ चैत्र ११ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले अप्रशेन गरेरका बिरामीका आँखाको पट्टी खोलेर सेवा प्रारम्भव भएको अस्पतालले हालसम्म २ सय ३१ जनाको शल्यक्रिया गरिसकेको छ । दैनिकजसो शल्यक्रिया गर्ने बिरामी नहुने भएकाले महिनामा एक पटक शल्यक्रिया र नियमित परीक्षण गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.