खोला किनारामा बनाइएको घरमा डोजर

खोला किनारामा बनाइएको घरमा डोजर

धरान : धरान उपमहानगरपालिका-५ मा पर्ने अँधेरी खोला किनारामा अवैध रूपमा निर्माण गरिएको घर डिजर लगाएर भत्काइएको छ। 

आइतबार धरान उपमहानगरपालिकाले प्रहरीको सहयोगमा डोजर लगाएर भत्काएको हो। स्थानीय मुना चौधरी लिम्बुले खोला किनारामा निर्माण गरेको घर डोजर लगाएर भत्काइएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए। 

नगर प्रमुख हर्कराज राईको निर्देशनमा जनपद, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा उक्त घर भत्काइएको उनले बताए। घर भत्काउने क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप पनि भएको थियो। स्थानीयले प्रहार गरेको ढुंगा लागेर डोजरमा क्षति पुगेको छ। 

अवैध घर भत्काउन पटक पटक सम्बन्धित व्यक्तिलाई लिखित निर्देशन दिँदा पनि अटेर गरेकाले घर भत्काउनु परेको नगर प्रमुख राइले बताए। 

उनले अवैध घर भत्काउन सहयोग गर्ने सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्। राइले धरानमा सरकारी जग्गा किनबेच गरेको भेटिए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। धरानमा सेउती, सर्दु, शेहरा, अँधेरी लगायतका खोला किनाराको जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गर्ने क्रम रोकिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.