टुँडिखेलमा सोनाम ल्होछारको रौनक (फोटो फिचर)
काठमाडौं: सोनाम ल्होछार देशभर मनाइएको छ। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ पर्वका रुपमा सोनाम ल्होसार मनाउने गर्दछन्।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ। आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
तामाङ समूदायको बाहुल्यता रहेको क्षेत्रमा यो पर्वको विशेष रौनक हुने गरेको छ। सबैभन्दा धेरै काठमाडौंमा सोनाम ल्होछारको रौनक देखिएको छ। टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीको उपस्थितिलाई देख्दा सोनाम ल्होछारको विशेष रौनक देखिएको छ।
तामाङ भेषभुषामा सजिएक युवायुवतीले रमाउँदै पर्व मनाएका छन्।
हेरौँ टुँडिखेलमा देखिएको सोनाम ल्होछारको रौनक