चोरी निकासी नियन्त्रण गर्न डीआइजी ज्ञवालीको निर्देशन

चोरी निकासी नियन्त्रण गर्न डीआइजी ज्ञवालीको निर्देशन

झापा : प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवालील पूर्वी नाका काँकडभिट्टाको निरीक्षण गरेका छन्। 

भर्खरै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएका डीआइजी ज्ञवाली सोमबार झापा जिल्लाको भ्रमण गर्दै पूर्वी नाका काँकडभिट्टाको निरीक्षण गरेका हुन्। 

सीमा भ्रमणका क्रममा डीआइजी ज्ञवालीले सीमा क्षेत्रबाट हुने चोरी निकासी र पैठारी नियन्त्रण एमव सीमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मातहतका प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन्।  

डीआइजी ज्ञवाली भारतीय एसएसबीका कमान्डरसँग पनि भेटघाट गरेर सीमा सुरक्षाको अवस्थाका बारेमा बुझेका थिए। 

डीआइजी ज्ञवालीसँगै प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका ज्ञानकुमार महतोको उपस्थिति थियो। डीआइजी ज्ञवालीले आजै प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन्। 

प्रहरी कार्यालयको भ्रमण पश्चात् उनले प्रहरी प्रमुख तथा कर्मचारीहरूलाई दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखीकरण गर्दै लैजाने र आआफ्नो जिम्मेवार क्षेत्रहरूमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खट्न निर्देशनसमेत दिएका छन्। 

उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न अनुरोध गरेका छन्। 

लागु औषधको प्रयोग र ओसारपसार नियन्त्रणमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको गरिमा बढाउन निर्देशन उनले निर्देशन दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.