पेट्रोल आयात पनि एक वर्षभित्र पाइपलाइनबाट

पेट्रोल आयात पनि एक वर्षभित्र पाइपलाइनबाट

काठमाडौं : सरकारले एक वर्षभित्र पेट्रोल पनि मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ल्याउने भएको छ। हाल पाइपलाइनबाट डिजलमात्र आयात हुँदै आएको छ। अब पेट्रोल पनि ल्याइने गरी निर्माण कार्य सुरु भइसकेको छ। यो दक्षिण एसियाको एकमात्र अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो। भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमले यो पाइपलाइन निर्माण गरेका हुन्। 

पहिलो चरणमा डिजेलमात्र आयात हुने गरी २०७६ भदौ २४ गते पाइपलाइनको उद्घाटन गरिएको थियो। त्यसयता प्रतिघण्टा १ लाख ९३ हजार लिटरसम्म डिजल पाइपलाइनबाट आयात हुन्थ्यो । यो एसियाको दोस्रो अन्तरदेशीय पाइपलाइन ‘मल्टिप्रोडक्ट पाइपलाइन’ (एउटै पाइपबाट एकभन्दा बढी प्रकारका पेट्रोलियम पदार्थ ढुवानी गर्न मिल्ने) हो। पाइपलाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटरसम्म इन्धन आयात गर्न सकिन्छ।

नेपाल आयल निगमका अनुसार आगामी सन् २०२४ को जनवरीभित्र पेट्रोल आयात गर्न मिल्ने पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर मंसिर २९ गते पाइपलाइनको दोस्रो चरणको निर्माण सुरु भएको छ। दोस्रो चरण सम्पन्न भएसँगै डिजेल आयात हुने गरेको पाइपलाइनबाटै पेट्रोल पनि प्राप्त हुनेछ। यसैगरी पेट्रोल भण्डार क्षमता विस्तार गरी १ करोड १६ लाख ३० हजार लिटर पुग्नेछ भने ट्यांकर लोड गर्ने सबै प्रणाली पूर्ण स्वचालित हुनेछ।नेपाल आयाल निगम अम्लेखगन्ज डिपो तथा मधेस प्रदेश कार्यालय प्रमुख प्रदीप यादवका अनुसार २०२४ जनवरीमा काम सक्ने गरी दाता इन्डियन आयल कर्पोरेसन र पूर्वाधार निर्माणको जिम्मा पाएको लिखिता इन्फ्रास्ट्रक्चर प्रालिले प्रतिबद्धता जनाएका छन्। यादवले दोस्रो चरणमा ४१ लाख लिटरका २ वटा पेट्रोल भण्डारण कक्ष तथा २ लाख ५० हजार लिटरका २ वटा ट्रान्समिक्स इन्धन भण्डारण कक्ष निर्माण हुनेछन्। हाल निगमको डिजेल भण्डारण क्षमता १ करोड ९८ लाख ४० हजार, पेट्रोल भण्डारण क्षमता ३४ लाख ३० हजार लिटर र मट्टितेल ७ लाख ६० हजार लिटर छ।

दोस्रो चरणमा २४ वटा स्वचालित ‘लोडिङ बे’ पम्प हाउस, अत्याधुनिक प्रयोगशाला, पानी र तेल सेपेरेटर, पीएमसीसी कक्ष निर्माण हुनेछन् भने फायरफाइटिङ प्रणाली पनि स्तरोन्नति हुनेछ। दोस्रो चरणको काम सुरु भएको डेढ महिनामा निर्माणस्थल छेकबार गरी खाली गरिएको छ। यसैगरी साइट सर्भे, संरचनाको वास्तविक रेखांकन तथा विभिन्न सिभिल कार्यको सुरुआत भएको डिपो प्रमुख यादवले बताए। ‘दोस्रो चरण सम्पन्न भएसँगै बरौनीदेखि अम्लेखगन्जसम्म ट्यांकरमा तेल आयात बन्द हुनेछ भने पेट्रोलको भण्डारण क्षमता १ करोड १६ लाख लिटर पुग्नेछ,’ यादवले  भने, ‘हालसम्म पेट्रोलियम पाइपलाइनको पूर्ण सदुपयोग हुन सकेको छैन। डिपो परिसरमा पूर्वाधार निर्माण सम्पन्न भएसँगै सो उपलब्धि हासिल हुनेछ।’ यसैगरी अम्लेखगन्ज डिपो अपरेसन कार्य पूर्ण रूपम स्वचालित हुने दाबी उनको छ। यसबाहेक निगमले आफ्नै खर्चमा ५० लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल भण्डारण ट्यांक निर्माण गरिरहेको छ।

ढुवानी खर्चको व्यापक बचत

‘बरौनीदेखि अम्लेखगन्जसम्म आउन २ दिन समय लाग्ने पेट्रोल पाइपबाट १ मिनटमै ल्याउन सक्नेछौं’, यादवले भने । कम समय लाग्ने तथा बन्द प्रणाली भएकाले भारतबाट आयात हने पेट्रोलमा गुणस्तर कायम हुनेछ भने चोरी तथा मिसावटको सम्भावना निकै कम रहेको यादवको दाबी छ। पाइपलाइनबाट डिजेल आयात हुन थालेदेखि निगमले मासिक २ अर्ब रुपैयाँ ढुवानी खर्च बचत गरेको थियो। पेट्रोल पनि आउन थालेपछि पेट्रोल ढुवानीमा खर्च हुने अतिरिक्त १ अर्ब ८० करोड रुपैयाँ पनि बचत हुने यादव बताउँछन्।

थप २ अर्ब ५३ करोड भारु खर्च हुने

पहिलो चरणमा आईओसी र एनओसीको सहकार्यमा २ अर्ब रुपैयाँ खर्च गरी पाइपलाइन तयार पारेका थिए। उतिबेला आईओसीले पाइपलाइन निर्माणको लागत जुटाइदिएको थियो। दोस्रो चरणको काम सक्न थप ७५ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएकामा निर्माण कार्य सुरु हुनै ढिला हुँदा लागत दोब्बर भएको छ। दोस्रो चरणको काम सक्न निगमलाई अब १ अर्ब ५४ करोड रुपैयाँ भारु लाग्नेछ। पाइपलाइन निर्माणको पहिलो चरणको खर्च आईओसीले र दोस्रो चरणको एनओसीले व्यहोर्ने सम्झौता भएको थियो। दोस्रो चरणमा सक्ने काममध्ये भण्डारणस्थल आईओसीले आफ्नै खर्चमा बनाइदिन लागेको हो। यसबाहेक आईओसी र एनओसीले भण्डारण क्षमता विस्तार गर्न थप ५० करोड र ४९ करोड भारु खर्च गर्न लागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.