श्रीस्वस्थानीमा माघस्नान

श्रीस्वस्थानीमा माघस्नान

स्वस्थानी व्रत आरम्भ भइसकेको छ। शालीनदी मेला पुस २२ गतेदेखि प्रारम्भ भएको छ। पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ। एक महिना चल्ने पर्वमा साँखुको शालीनदी तीर्थको भ्रमण गर्नेको विशेष  घुइँचो लाग्छ। पछिल्ला वर्षमा श्रीमाधव नारायण स्वस्थानी तथा शालीनदी सुधार समितिले नै एउटै मेलामा झन्डै करोडको कारोबार गर्न थालेको छ। जुन क्षेत्र शंखरापुर नगरपालिका भइसकेपछि त दानदातव्यको बाढी आएको छ। कलियुगमा सदा यज्ञ, हवनादी कार्य सम्भव हुँदैन। पर्व विशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरूले पुष्टि गरेका छन्।

स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ। दानमा महिना विशेष, समय विशेष तोकिएको छ। गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादी वस्तुहरूको दानले तन, मन, धन सवै पवित्र बन्छ। वैशाखमा जल र अन्नदानको महत्त्वव बढी छ भने कात्तिकमा तप र पूजाको अधिक महत्त्वव छ। माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ। सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निष्काम भावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ। अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षिण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ। माघ स्नानबाट सदाका लागि दिव्यधाम प्राप्त हुने कुरा शास्त्रहरूमा छ।

एकपटक पृथ्वीमा लामो समयसम्म वर्षा भएन। सबैले धेरै कष्ट पाए। सम्पूर्ण वन, वनस्पति उजाड हुन थाले। फलपूmल, अनाज उब्जनी नहुँदा सबै प्राणीलाई धेरै ठूलो समस्या प¥यो, अकालमृत्यु हुन थाल्यो। समस्त भूमण्डलमा हाहाकार मच्चियो। नर्मदा नदीतटमा आश्रम बनाई शिष्यहरूका साथ महर्षि भृगु बस्थे। आश्रम बस्न योग्य नहुने भयो। कैलाशगिरीको पश्चिम मणिकुटनामक पर्वततिर महर्षि भृगु बस्न थाले। हिमालय पर्वतको सो क्षेत्र सुन, हीरा, मणि, जुहाररात आदि रत्नले पूर्ण थियो। अनिकालको बेला यही आश्रम बनाउनु उनले उत्तम ठाने। धेरै समय यसै आश्रममा रहँदा एकपटक उनीसमक्ष त्यसै पर्वतबाट झरेर विद्याधर तथा उनकी पत्नी भेट्न आए। दुई दम्पती अत्यन्त मलिन र दुःखी देखिए। महर्षि भृगुले प्रश्न गरे– ‘तिमी जोडी किन यति दुःखी छौ’ ? विद्याधरले जवाफ दिए, ‘हाम्रो पुण्यको प्रभावले देवलोक पुग्यौं। यी मेरी पत्नी रूप र लावण्यले धपक्क बलेकी छन्। कुन दुष्कर्मको फलले हो मेरो रूप भने बाघको जस्तो नराम्रो छ। यिनको तुलनामा नराम्रो छु र धेरै दुःखी छु। मनमा शान्ति छैन, सदा जलिरहेको छु। कसो गरुँ ?’ महाराज भृगु त्रिकालदर्शी थिए। विद्याधरले ललाटे लिखितम् हेर्दैै भन्न लागे– ‘सुन विद्याधर नराम्रो कामको परिणाम सानै किन नहोस्, नराम्रै हुन्छ। तिमीले पूर्वजन्ममा माघ महिनाको एकादशीको व्रत गरेछौ, भोलिपल्ट द्वादशीको दिन शरीरमा तेलको सेवन गरेछौ। एकादशीको व्रत गरेर द्वादशीमा तेल सेवन गर्नाले अघि इलानन्दन पुरुरवाको हालत पनि यस्तै भएको थियो।’

‘हिमालयबाट निस्केकी गंगामा स्नान गरेर उनले त्यो दोष निवारण गरेका थिए। तिमी पनि त्यसै गर’, विद्याधरले कुरा सुन्नासाथ सम्पूर्ण इन्द्र्रियलाई निग्रह गरे। उनका अनुसार, पुरुरवा कुसको आसनमा बसे। हृदयमा भगवान्को ध्यान गरे। श्रीविग्रहयुक्त नीलमेघ समान श्यामवर्ण, कमलको समान नेत्र, दुई हातमा शंख, चक्र र हातमा गदा र पद्यले युक्त, पिताम्बरधारी, कौस्तुभमणिले युक्त, गलामा वनमालाधारी भगवान् विष्णुको स्वरूप सम्झिए। प्राणवायुलाई खिचे र नाकको अगाडि भागमा दृष्टि दिए। कुण्डलिनी शक्तिलाई उठाए र सुषुम्ना नाडीमा प्रवेश गराए। यसरी एक महिनासम्म निराहार कठिन तप गरे। थोरै दिनमै ईश्वर प्रसन्न भएर सात जन्मको आराधनाको अभिलेखलाई समेत हेरेर विष्णुले प्रत्यक्ष दर्शन दिए। त्यसदिन संयोगले माघशुक्लपक्षको द्वादशी परेछ। सूर्य मकरराशिमा रहेछन्। विष्णुले शंखजल दिनासाथ महाराजा पुरुरवाले सुन्दर शरीर पाएछन्। रूप मनोहर भएकाले स्वर्गकी अप्सरा आकर्षित भई उर्वशीले उनीसँग बिहा गरिछन्। उनले भनेछन्, ‘विद्याधर तिमी पनि त्यसै गर। माघ महिना नजिक आइरहेछ। माघको स्नानले सम्पूर्ण पाप नष्ट हुन्छन्।’

पुष्कर, काशी, प्रयाग, गंगासागरमा १० वर्षसम्म गरेको पुण्य माघ महिनाको तीन दिनको स्नानले प्राप्त हुन्छ। अक्षय पुण्य चाहनेले त मकर राशिमा सूर्य रहेको यो माघभर प्रातः स्नान गर्नुपर्छ। यसबाट आयु, आरोग्य, रूप, सौभाग्य, उत्तम गुणसमेत प्राप्त हुन्छ। माघस्नानले आयु र धन वृद्धि हुन्छ। सत्ययुगमा तपस्याको, त्रेतायुगमा ज्ञानको, द्वापरमा पूजाको महत्त्वव भएझैं कलिमा दानको महत्त्वव छ। विद्याधरले माघस्नान गरे, देवमुख प्राप्त गरेर आनन्दपूर्वक मणिपर्वतमा रहे। साँखु क्षेत्रमा पर्ने शालीनदीमा अघि चन्द्रावतीले स्नान गरेर आपूmले सुखभोग प्राप्त गरेकी थिइन्। त्यहाँ चन्द्रावतीको शिला अझै छ। चन्द्रावती बस्ने सानो कुटी अभैm देखिन्छ। शालीनदी क्षेत्रमा हरिहर, माधवनारायणका शिला एवं मूर्तिहरू छन्। गरुड, हनुमान, सत्यनारायण आदि र ठूला, साना सत्तल, पाटीहरू पनि छन्। त्यहाँ श्री स्वस्थानीको विशेष  आराधना र पूजा हुने गर्छ। अघि शंखदेव राजाले राज्य गरेका, शंखपुर पछि शंखरापुर भएको र पछि अपभ्रंश हुँदै जाँदा साँखु भएको हो भनी इतिहासविद् बताउँछन्। साँखुलाई लावण्यदेश र श्रीस्वस्थानीकै प्रसंगअनुसार नवराजले राज्य गर्ने गरेको पनि बुझिन्छ। वज्रयोगिनीदेवीबाट संरक्षित छ साँखुक्षेत्र। साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र छ। शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो। स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीका घरघरमा श्रीस्वस्थानीदेवीको व्रतउपासना गर्ने, स्वस्थानीकथा भन्ने, सुन्ने चलन रहेको छ। स्वस्थानी व्रतकथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन्। शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका पति नवराज पाएकी थिइन्। शरीरमा नवकान्ति प्राप्त गरेर उनी नजिकै रहेको लावण्यदेशकी रानी भएकी थिइन्। गोमानामकी ब्राह्मणीले हराएको पुत्र नवराज प्राप्त गरेकी थिइन्। बिछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो। धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदी क्षेत्रमा बसेर गर्ने गर्छन्। तिनीहरू व्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपतिक्षेत्रसम्म पुग्छन्। व्रतप्रतिष्ठा गर्दै माघशुक्ल पूर्णिमामा श्रीस्वस्थानीदेवीको व्रत साङ्गे गरी विशेषयज्ञसमेत गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.