एकीकृत घुम्ती शिविरमा गल्याङ्का ६४ प्रतिशत योजना सम्झौता
स्याङ्जा: स्थानीयबासीलाई आफ्नै वडामा सरकार पुगेको आभास दिलाउने उद्देश्यले गल्याङ् नगरपालिकाद्धारा सञ्चालितीएकिकृत घुम्ति शिविरमा ३४७ योजना सम्झौता भएका छन्।
पुसको दोस्रो सातादेखि सुरु गरेको घुम्ति सेवा माघको पहिलो हप्तासहित करिब ३ हप्ता सञ्चालन भएको थियो। साना ठूलागरी ४९५ योजनामा ३४७ योजना शिविरमै सम्झौंता पुरा भएका हुन्। करिब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मका नगरका योजना छन्।
उनले भने, ‘कहिले काँही कर्मचारी बिदामा बस्दा वा फिल्डमा जादाँ यहाँ आउने स्थानीयका काम रोकिन्छन्। कार्यालयमा पनि भीड बढ्छ। त्यसैले, वडा वडामा फरक फरक मितिमा घुम्ति शिविर सञ्चालनगरी स्थानीयका घरआँगनमा पुगी सेवा प्रवाहको सुबिधा मिलाएका हौं।
नगरपालिका भित्रका ११ वटै वडाका केन्द्रलाई आधार मानेर घुम्ति सेवा प्रवाह गरिएका हुन्। घुम्ति सेवामा स्वास्थ्य परीक्षण, योजना सम्झौता, कृषि तथा पशुपंक्षी लगायत माटो परीक्षण लगायतका अन्य सेवा पनि उपलब्ध गराइएका थिए।
योजना सम्झौताका लागि आवश्यक पर्ने बैंक खाता सञ्चालनको काउन्टरको समेत शिविरमै व्यवस्था मिलाइएको उपप्रमुख हेमा न्यौपानेले बताईन्। आफनै वडामा आएर योजना सम्पन्न गर्न पाउँदा समय र रकम दुवै बचेको र सहज रुपमा सेवा लिन पाएकोमा स्थानीयबासी पनि खुशी थिए।