धनुषाबाट पेस्तोलसहित दुई युवक पक्राउ
जनकपुरधाम : धनुषा प्रहरीले पेस्तोलसहित दुई जना युवकलाई पक्राउ परेको छ।
धनुषा प्रहरीले पक्राउ परेका धनुषाको मिथिला नगरपालिका-६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका ३६ वर्षीय शंकर महतोलाई शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले उनीहरूलाई मिथिला नगरपालिका-२ नक्टाझिझस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो।
महतोलाई चेकजाँच गर्दा उनको साथबाट ग्रीपको बीच भागमा पहेलो रंगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको केएफसेभेन प्वाइन्ट सिक्स फाइभ उल्लेख भएको गोली दुई थान बरामद भएको थियो।
प्रतिक्रिया दिनुहोस !