कांग्रेसलाई हामीले पहिलो पार्टी बनाएको हो, बिर्सियो कि याद छ : माधव नेपाल

कांग्रेसलाई हामीले पहिलो पार्टी बनाएको हो, बिर्सियो कि याद छ : माधव नेपाल

राजविराज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई आफूहरूले एक नम्बरमा पुर्‍याएको बताएका छन्। राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले गौरवका साथ यो कुरा बारम्बार उच्चारण गरे। 

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेसलाई अहिले ५७ सिट मिल्नु र सबैभन्दा ठूलो पार्टी हुनुको पछाडि आफूहरू रहेको नेपालले बताए। ‘माधव र प्रचण्डको साथ नभएको भए कांग्रेस कुनै हालतमा एक नम्बर पार्टी बन्दैन थियो’, नेपालले भने, ‘यो कुरा कांग्रेसले बिर्सियो कि याद छ।’ 

माओवादीको अहिलेको विचारसँग असहमत रहेको बताउँदै उनले संविधानको रक्षाका लागि कांग्रेसलाई साथमा लिएर हिँडिरहेको बताए। सबै पदको लोभले कांग्रेसका सभापति शेरबहादुर देउवा ब्रजठिंगा भएर सबै पद गुमाएको बताए। उनले कांग्रेसलाई गुट–उपगुटको विचित्रको पार्टी भन्दै अनुशासन र इमानदारिता नरहेको कांग्रेसमा कसैको नियन्त्रण नरहेको आरोप लगाए। कांग्रेसले निर्वाचनमा बेइमानी गरेको र माओवादीले केही ठाउँमा बेइमानी गरे पनि केही ठाउँमा इमानदारिता पनि देखाएको बताए। 

चुनावको परिणामबाट नहड्बहाउन, नआत्तिन र भविष्यबारे चिन्ता गरेर दोमन नगर्न बारम्बार कार्यकर्तासँग आग्रह गर्दै नेपालले भने, ‘चुनावमा तलमाथि भइरहन्छ। हिम्मत हार्न जरुरी छैन।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.