प्रहरी हिरासतको भवन फोडेर को-को भागे ?

प्रहरी हिरासतको भवन फोडेर को-को भागे ?

जनकपुरधाम : क्षिरेश्वरनाथ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना फरार भएका छन् । विभिन्न अपराधी घटनामा पक्राउ परेका ७ जनामध्ये विनोदकुमार शर्मा,अमित मण्डल, रोशन यादव , हरिवित सिंह, रोशन महतो र शंकर सिंह फरार भएका हुन्।

ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट आइतबार राति करिब १ बजे थुनुवा कक्षभित्र रहेको टोइलेटमा लागेको स्टिलको चौकटले देवाल फोरेर फरार भएको प्रहरीको भनाई छ । फरार भएकाहरुलाई सोमबार बिहानैदेखि डग टोली परिचालन गरी खोजी जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार दुई जना हात हतियार, दुई जना लागुऔषध र अभद्र व्यवहारका दुई जना गरी ६ जना थुनुवा राति हिरासत तोडेर फरार भएका हुन्। उनीहरुको तीव्र खोजी कार्य जारी रहेको क्षेत्रीले बताए।

ईलाका प्रहरीको भवन पुरानो रहेको छ । हिरासत भएको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ  ‘प्रहरी डिउटीमै थिए । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेका हुन्’, डीएसपी क्षेत्रीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.