सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो

सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो

काठमाडौं : नेपालको पहिलो स्वचालित स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ। 

रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा २ दशकभन्दा बढी उपलब्धीहरूसहित जगदम्बा स्टील्सले स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना गरेको कम्पनीले जनाएको छ। 

नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस: १९१ ले हाम्रो उत्पादन आईएसओ ९००१:२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१:२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्ने गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। 

'जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दीगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टील उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्छ,’ विज्ञप्तिमा उल्लेख छ। 

आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.