१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका-९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं थानकोट बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ ६ बजे २१ वर्षीय भक्त नेपाली पक्राउ परेका हुन्।
उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।