यस्तो देखियो साइकल र्याली
काठमाडौं: आज विश्व क्यान्सरको दिवसको अवसरमा क्यान्सरविरुद्ध सचेतना फैलाउन अन्नपूर्ण मिडिया नेटवर्कले साइकल र्याली आयोजना गरेको छ।
'अन्नपूर्ण पोस्ट राइड फर लाइफ-२०२३' नारासहित आयोजना गरिएको र्यालीमा करिब १ हजार ६ सय सहभागी छन्।
अन्नपूर्ण पोस्टको कर्पोरेट टावर तीनकुनेबाट सुरु भएको र्याली गौशाला, चावहिल, नारायणगोपाल चोक, बसुन्धारा, गोंगबु, बालाजु चोक, सोह्रखुट्टे, अमृत साइन्स कलेज, थमेल चोक (गा हल), कान्तिपथ, जमल, भद्रकाली, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल, यूएन पार्क, महादेवस्थान मन्दिर अगाडिको पुल, तीनकुने पुल हुँदै अन्नपूर्ण पोस्टको कर्पोरेट टावरमा आएर समापन भएको छ।
हेर्नुहोस् सडकमा देखिएको साइकल र्यालीको दृश्य