क्लबको जग्गा व्यक्तिको नाममा

क्लबको जग्गा व्यक्तिको नाममा

काठमाडौं : पर्साको बेल्वास्थित युवा स्पोर्ट्स क्लबको नाममा रहेको १ कठ्ठा ५ धुर  जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिर आएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जिल्ला क्लबको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। 

क्लबका नाममा रहेको १ कठ्ठा ५ धुर जग्गा गलत लिखत तयार पारी व्यक्तिका नाममा कायम गरेको कसुरमा अख्तियारले तिवारीसहित बदनियतपूर्ण रूपमा कागजात तत्कालीन नायबसुब्बा शम्भु साह रौनियार, खरिदारद्वय शिवप्रसाद साह तेली र रिन्ता कुमारी तथा जग्गा हत्याउने शेषसफी अहमदविरुद्ध कैद र जरिवानाको मागदाबीसहित शुक्रबार विशेष दालतमा मुद्दा दायर गरेको प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

उनले क्लबको नाममा रहेको जग्गा गैरकानुनी रूपमा स्रेस्ता कायम गरेर अहमदका नाममा पु¥याएको कसुरमा कर्मचारी र जग्गा हात पार्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताए। प्रवक्ता भण्डारीका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १२ अनुसार सजाय मागदाबी लिएर अदालतमा मुद्दा दायर भएको हो।

ऐनको दफा ९ मा ‘कुनै लिखत तयार गर्ने कर्तव्य भएको कुनै राष्ट्रसेवकले नेपाल सरकार वा सरकारी निकाय वा सार्वजनिक संस्था वा कुनै व्यक्तिलाई हानि पुर्‍याउने बदनियतले त्यस्तो कुनै लिखत तयार गरेमा निजलाई कसुरको मात्राअनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.