४० वर्षको सांगीतिक अनुभव किताबमा

४० वर्षको सांगीतिक अनुभव किताबमा

काठमाडौं : संगीतकार दिनेश सुब्बाले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेको ४० वर्ष नाघ्यो। 

यही अवधिमा गरेको सांगीतिक यात्राको अनुभव सँगालेर उनले ‘मेरो भाग्यमानी बाजा’ कृति बजारमा ल्याएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा गायक दीप श्रेष्ठ, संगीतकार प्रकाश गुरुङले उक्त कृति विमोचन गरे। 

अनिता गुरुङ (सुब्बा) प्रकाशक रहेको किताबमा ३९ वटा आलेख संग्रहित छन्। जसमा ‘मेरो भाग्यमानी बाजा’, ‘बिर्सिएका जिउँदा इतिहासहरू’, ‘मेरा ओस्कारहरू’, संगीत र ध्वनिविज्ञान’, ‘मैले बुझेको अर्केस्ट्रा र येल्लो रिभर’, ‘सिर्जनाका पाँच दशक’, ‘गोपाल योञ्जन : एउटा प्याकेज’, ‘मेरो हेराइमा संगीत’, ‘संगीत स्थायी र अन्तरा मात्र होइन, ‘हङकङमा अम्बर गुरुङको नयाँ जीवन’, ‘गीतभित्रको गाथा’लगायत छन्। 

यी विषयमा गायक श्रेष्ठ, संगीतकार गुरुङ, कवि/गीतकार भूपाल राई, संगीतकार बुलु मुकारुङ, अर्का संगीतकार प्रदीप बम्जन, गीतकार सुवासचन्द्र ढुंगेललगायतले टिप्पणी गरेका थिए। 

संगीतकार सुब्बाले आफ्नै संगीतमा ‘मेरो सस्तो माया’ बोलको गीत पहिलो पटक रेकर्ड गरेका थिए। सन् १९८२ मा स्वरपरीक्षा पास गरेको संगीतकार सुब्बा बताउँछन्। त्यसपछि ‘तिम्रो हाम्रो मनको दूरी’ गीतले गायकका रूपमा चिनाएको स्मरण गर्छन् उनी। 

यद्यपि, उनी संगीतकार भनेर बढी परिचित छन्। उनले संगीत गरेका दर्जनौं गीत चर्चित छन्। तीन दशकदेखि हङकङमा बसोबास गर्दै आएका सुब्बाले फेसबुक लेखनका माध्यमबाट आफ्नो पुस्तकको विकास भएको सुनाए। उनले यसअघि नौवटा गीति एल्बम श्रोतामाझ ल्याएका थिए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.